काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक सञ्जालमा होहल्ला गर्नेहरुले नेपाली जनताका मुक्तीदाता हौँ भन्ने भाष्य निमार्ण गर्न खोजेको बताएका छन् ।
पार्टीको चुनाव चिह्न ‘तारा’ बोकेर रुकुमपूर्वदेखि काठमाडौंसम्म पदयात्रा गरेका केशव रावलको सम्मान कार्यक्रममा बोल्दै प्रचण्डले दशकौंको संघर्ष, त्याग र बलिदान बिना कोही नेपालमा मुक्तिदाता बन्न नसक्ने जिकिर गरे। दशकौँ लडाइँ र तपस्यासहित विचार बोकेर आएका दलहरू सिद्धिसके भनेर हल्ला फिँजाइएको छ ,उनले भने, ‘सोसल मिडिया हेर्यो भने सहर(बजारका मान्छेका हो-हल्ला हेर्यो भने त विचारविहीन, इतिहासविहीन, त्याग तपस्या बलिदान र निष्ठाविहीनहरूले नेपाल पूरै कब्जा गरिसके भनेको जस्तो छ । पार्टीहरू त सिद्धिसके भन्ने छ । सोसल मिडियाबाट हो-हल्ला गर्नेहरू नै मुक्तिदाता हुन् भनेर बजार र मोबाइल हेर्नेको हात-हातमा त्यस्तै हो कि भन्ने भ्रम परेको छ ।’
दाहालले आउने दिनमा पार्टीलाई बलियो बनाउन, राष्ट्रको एकता बलियो बनाउन शान्ति समृद्धि र समाजवादको यात्रालाई अझ सशक्त बनाउन संकल्प गर्नुपर्ने बेला आएको बताए । रावलको पदयात्रालाई पार्टी एकताको प्रतीक भन्दै उनले भने, “देश संकटमा छ अब हरेक सदस्य र कार्यकर्ताले एकताको सन्देश फैलाउनुपर्छ ।





























प्रतिक्रिया