रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने जिल्लाको आदेश उच्चद्वारा सदर

रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने जिल्लाको आदेश उच्चद्वारा सदर

केन्द्रबिन्दु
45
Shares

काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने जिल्लाको आदेश उच्च अदालत पाटनले सदर गरेको छ ।

लामिछानेलाई जिल्ला अदालत काठमाडौंले धरौटीमा छाड्ने आदेश बदर गर्दै पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने माग गर्दै पुनरावेदन निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश खिमानन्द तिवारी र दीपककुमार खरेलको इजलासले जिल्ला अदालतकै आदेश सदर गरेको हो ।

प्रतिवादीहरू रवि लामिछाने, छविलाल जोशी, सुनिता नेवा र कमल लामालाई धरौटीमा छाड्ने जिल्ला अदालतको आदेशलाई सदर गरेको हो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले लामिछानेलाई २०८१ माघ २ गते ६० लाख धरौटीमा रिहा गर्ने आदेश गरेको थियो ।

Logo