राष्ट्रिय सभा निर्वाचनः एमालेको सिट जोगाउन कांग्रेससँग हातेमालो, छलफल अन्तिम चरणमा

राष्ट्रिय सभा निर्वाचनः एमालेको सिट जोगाउन कांग्रेससँग हातेमालो, छलफल अन्तिम चरणमा

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । राष्ट्रिय सभा निर्वाचन नजिकिँदै गर्दा नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूबीच चुनावी तालमेलको कुराकानी तीव्र भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई राष्ट्रिय सभादेखि आगामी प्रतिनिधि सभा निर्वाचनसम्म सहकार्यको प्रस्ताव गरेका छन् । यो प्रस्ताव पुरानो सातबुँदे सहमतिमा आधारित रहेको बताइएको छ ।

कांग्रेसभित्र भने यस विषयमा एकमत छैन । केही नेताहरू गठबन्धन गर्नुपर्ने पक्षमा छन् भने केहीले यसलाई पार्टीको नीति र कार्यकर्ताको भावनाविपरीत मानेका छन् । नेकपा (एकीकृत समाजवादी) ले पनि अलग–अलग दलहरूसँग छलफल गरिरहेको छ, तर मुख्य ध्यान कांग्रेस र एमालेबीचको सम्भावित तालमेलमै केन्द्रित छ ।

उम्मेदवारी दर्ता २३ पुससम्मको समय छ । त्यसअघि नै दलहरूले समीकरण टुंग्याउने प्रयास गरिरहेका छन् । यदि कांग्रेस र एमाले मिले भने १८ सिटमध्ये अधिकांशमा सहज जित हात पर्न सक्छ । एक्लाएक्लै लड्ने हो भने कांग्रेस धेरै प्रदेशमा बलियो देखिन्छ, तर कोशीमा एमाले अगाडि छ ।

यो निर्वाचनलाई आगामी आम निर्वाचनको ‘अभ्यास’ का रूपमा पनि हेरिएको छ । समीकरणको अन्तिम निर्णय मनोनयनको अघिल्लो दिनसम्म मात्रै हुन सक्ने नेताहरूले बताएका छन् ।

Logo