प्रगतिशील लोकतान्त्रिक पार्टी र क्रान्तिकारी शक्तिबीच ६ बुँदे ऐतिहासिक एकता

प्रगतिशील लोकतान्त्रिक पार्टी र क्रान्तिकारी शक्तिबीच ६ बुँदे ऐतिहासिक एकता

केन्द्रबिन्दु
45
Shares

काठमाडौँ। प्रगतिशील लोकतान्त्रिक पार्टी र क्रान्तिकारी शक्ति पुनर्गठन अभियानबीच देशको राजनीतिक परिदृश्यलाई नयाँ दिशा दिने ६ बुँदे ऐतिहासिक सहमति भएको छ। सहमतिमा सहिद र घाइते परिवारको हक सुनिश्चित, राज्य अंगहरूको पुनर्संरचना, सुशासन र सामाजिक न्यायमा दृढ प्रतिबद्धता समावेश गरिएको छ।

शुक्रबार भएको समझौताले दुवै पार्टीलाई सांघठनिक र निर्वाचनको मोर्चामा पूर्ण एकता ल्याउने मार्ग प्रशस्त गरेको छ। सहमति अनुसार सचिवालयदेखि तहसम्म सम्मानजनक प्रतिनिधित्व सुनिश्चित गरिनेछ। आगामी फागुन २१ प्रतिनिधिसभा निर्वाचनका लागि संयुक्त उम्मेदवार तय गरिने भएको छ।

सम्झौतामा प्रगतिशील लोकतान्त्रिक पार्टीको ‘खुले आँखा’ चुनाव चिन्हमा गोलबद्ध भई सुशासन, लोकतन्त्र र परिवर्तनको पक्षमा एकताबद्ध हुने आह्वान गरिएको छ। साथै शिक्षा, अनुसन्धान र उत्पादन क्षेत्रमा जोड, सामाजिक विभेद, गरिबी र भ्रष्टाचार विरोधी संघर्ष र जनआन्दोलनको हासिल अपनत्व सुनिश्चित गर्ने प्रतिबद्धता उल्लेख छ।

सहमति पत्रमा प्रगतिशील पार्टीका संयोजक जनार्दन शर्मा र क्रान्तिकारी शक्ति पुनर्गठन अभियानका संयोजक दलसिंह खत्रीले हस्ताक्षर गरेका छन्।

राजनीतिक विश्लेषकहरूका अनुसार यो एकताले छोटो समयमै निर्वाचन प्रभाव पार्ने मात्र होइन, दीर्घकालीन रूपमा पार्टी र सामाजिक आन्दोलनलाई एक नयाँ दिशा दिन सक्ने सम्भावना राख्छ।

Skip This
Skip This
Logo