काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेनजी आन्दोलनबारे छानविन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगलाई लिखित जवाफ बुझाएका छन्।
आयोगले पठाएको प्रश्नहरूको मेयर शाहले लिखित जवाफ पठाएका हुन् । आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, पूर्वप्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, आइजिपी दानबहादुर कार्की, सशस्त्र प्रहरीका आइजिपी राजु अर्याल लगायत १५० जना भन्दा बढी व्यक्तिहरूको बयान लिइसकेको छ ।
मेयर बालेनले पुस ७ गते राष्ट्रिय मानव अधिकार आयोगमा पनि बयान दिएका थिए । आयोगले भदौ २३ र २४ गतेका घटनाबारे छानबिन गर्दै उनलाई बोलाएको थियो ।





























प्रतिक्रिया