पार्टी समायोजनको कार्य चाँडै टुंग्याउने तयारीमा रास्वपा

पार्टी समायोजनको कार्य चाँडै टुंग्याउने तयारीमा रास्वपा

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता गणेश पराजुलीले आजको बैठक निर्वाचन केन्द्रीत गतिविधिलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफलहरु भएर टुंगिएको बताएका छन् ।

मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकपश्चात उनले निर्वाचन केन्द्रीत गतिविधिलाई कसरी अगाडि बढाउने र समायोजनको कार्य तुरुन्त टुंग्याउने गरी कामहरु अगाडि बढाउने विषयमा आजको बैठकमा छलफल भएको बताए ।

उनले भने, ‘विशेषगरी निर्वाचनसँग केन्द्रीत गतिविधिलाई अब कसरी अगाडि बढाउने भन्ने विषयमा धेरै आन्तरिक छलफलहरु भएर बैठक टुगिंएको छ । समायोजन समितिले समायोजनको कार्य तुरुन्त टुंगाउने गरी कामहरु अगाडि बढाइरहेको छ । यसको पहिलो बैठक भोली हुन्छ होला ।’

यस्तै, उनले बैठकमा पहिलाको सपथमा मेयरको तर्फबाट छुटेका केही सदस्यहरुको सपथ भएको भन्दै कुलमान घिसिङको तर्फबाट पनि नाम छिटो पठाउन आग्रह गरेको बताए ।

उनले भने, ‘पहिलाको सपथमा मेयरसाबको तर्फबाट छुट्नु भएका केही साथिहरुले आज सपथ लिनु भएको छ र कुलमान घिसिङज्यूको तर्फबाट पनि नाम छिटो पठाउनको लागि उहाँहरुले काम गरिरहनु भएको छ । उहाँहरुको सपथ पनि छिटै टुंगाएर समायोजन प्रक्रियालाई एकदमै तिव्र रुपमा अगाडि बढाउने र त्यसपछि चुनावी प्रक्रियामा होमिने बारेमा पनि हामीले छलफल गरेका छौं ।’

कुलमान र बालेन पार्टी कार्यालय कहिले आउँछन् भन्ने पत्रकारको प्रश्नको जवाफ दिँदै उनले केही प्राविधिक कुराहरु मिलाएपछि पार्टी कार्यालयमा आउने बताए । उनले भने, ‘केही प्राविधिक कुरा मिलाउनु पर्ने भएको हुनाले बालेन र कुलमानजी यहाँ आइसक्नु भएको छैन । त्यो प्राविधिक कुराहरु सकाएपछि पार्टी कार्यालयमा नै आउनु हुन्छ ।’

Skip This
Skip This
Logo