राष्ट्रियसभा निर्वाचनः महन्थ ठाकुरलाई जसपा नेपालले समर्थन गर्ने

राष्ट्रियसभा निर्वाचनः महन्थ ठाकुरलाई जसपा नेपालले समर्थन गर्ने

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । आगामी ११ माघमा हुने राष्ट्रियसभा निर्वाचनमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)नेपालले महन्थ ठाकुरलाई समर्थन गर्ने भएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जसपा नेपालबीच १४ पुसमा एकता गर्ने निर्णय भएको थियो । दुवै दलबीच एकता भएपछि जसपा नेपालले ठाकुरलाई उम्मेदवार बनाएको हो । जसपा नेपालसँग एकता हुनुअघि ठाकुर लोसपाका अध्यक्ष थिए।

राष्ट्रिय सभा चुनावमा नेपाली कांग्रेस, नेकपा एमाले र जसपा नेपालबीच तालमेल भएको छ । राष्ट्रिय सभाका १८ सिटमध्ये नेपाली कांग्रेसलाई ९, नेकपा एमालेलाई ८ र जसपा नेपाललाई १ सिट भागबन्डा भएको छ।

Logo