रास्वपाको समानुपातिक सूचीबाट डा. रामजी रामले पनि फिर्ता लिए नाम

रास्वपाको समानुपातिक सूचीबाट डा. रामजी रामले पनि फिर्ता लिए नाम

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समानुपातिक उम्मेदवार डा. रामजी रामले बन्दसूचीबाट आफ्नो नाम फिर्ता लिने घोषणा गरेका छन् ।

बुधबार सामाजिक सञ्जालमार्फत एक वक्तव्य जारी गर्दै अभियन्तासमेत रहेका डा. रामले दलित समुदायको आत्मसम्मान र दीर्घकालीन प्रतिनिधित्वलाई ध्यानमा राखेर आफूले नाम फिर्ता लिने निर्णय गरेको जानकारी दिएका हुन् ।

उनले भनेका छन्, ‘म फरक भूमिकामा रहेर पनि दलित अधिकार, सामाजिक न्याय, लोकतान्त्रिक मूल्य र सुशासनका पक्षमा सधैँझैँ दृढ आवाज उठाइरहनेछु ।’

डा. राम रास्वपाको समानुपातिकतर्फ दलित कलस्टरको चौथो नम्बरमा सिफारिस भएका थिए ।

Skip This
Skip This
Logo