जेनजी आन्दोलनलाई निर्वाचनको नारा र औजारको रुपमा प्रयोग गरियो -मिराज ढुंगाना

जेनजी आन्दोलनलाई निर्वाचनको नारा र औजारको रुपमा प्रयोग गरियो -मिराज ढुंगाना

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । जेन–जी आन्दोलनका अभियन्ता मिराज ढुंगानाले जेनजी आन्दोलनलाई निर्वाचनको लागि नारा र औजारको रुपमा प्रयोग गरिएको बताएका छन् ।

बुधबार जेनजी विद्रोहपछिको वृहत अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले ७६ जनाको बलिदान, जलेको सिंहदरबार र न्यायालय सबै निर्वाचनको लागि नारा जस्तो भएको भन्दै यसरी देशले निकास नपाउने बताएका हुन् ।

आन्दोलन धेरै भए, निर्वाचन पनि धेरै भए तर देशले निकास भने कहिले पनि नपाएको उनको भनाई छ । उनले भने, ‘देश निर्वाचन तर्फ जाँदैछ । यो आन्दोलनलाई चुनावी हतियार, नारा र औजार बनाएर म यो आन्दोलनको अपनत्व लिन्छु भन्दै हिनेको देखिन्छ । ७६ जनाको बलिदान, देशको सिंहदरबार जलेको, न्यायालय जलेको यी सबै निर्वाचनको लागि नारा जस्तो भए तर निकास कहिले पाउने त देशले, आन्दोलन धेरै भए नभएका होइनन्् । निर्वाचन पनि धेरै भए तर देशले निकास कहिले पनि पाएको छैन ।’

यस्तै, उनले निर्वाचनले बद्लाव ल्याउँछ भनेर अझ ५, १० वर्ष कुर्ने हो भने देशको अस्तित्व नै नरहने सम्भावना भएको भन्दै निर्वाचन अगाडि नै निकास एकदमै आवश्यक रहेको बताए ।

उनले भने, ‘अहिले पनि महिनामा ६५ हजार नेपाली देश छोडेर विदेशिनु परेको छ । यो निर्वाचनले कुनै खालको बद्लाव यो देशमा ल्याउँला भनेर अझ ५, १० वर्ष कुर्ने हो भने त्यो समयसम्म सायद देशको अस्तित्व नै रहला कि नरहला, नेपाली भए त नेपाल नेपाली नै सबै विदेशिन थालेपछि कसरी नेपाल हुन्छ । त्यसकारण निर्वाचन अगाडि नै निकास एकदमै आवश्यक छ ।’

Logo