नेपाल प्रहरीमा फेरबदल, १० एसपी एसएसपीमा बढुवा

नेपाल प्रहरीमा फेरबदल, १० एसपी एसएसपीमा बढुवा

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । नेपाल प्रहरीको उच्च तहमा ठोस फेरबदल सुरु भएको छ । संगठनको कमाण्ड संरचनामै असर पार्ने गरी १० जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा सिफारिस गरिएको छ ।

गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको सचिवालयले पुस २३ गते बसेको बैठकबाट बढुवा सिफारिस गर्ने निर्णय गरेको हो । यस निर्णयसँगै हाल कार्यरत एसएसपीहरूको जिम्मेवारी सर्ने र नयाँ एसएसपीहरू कमाण्डमा आउने अवस्था बनेको छ ।

बढुवा सिफारिस सूचीको पहिलो नम्बरमा विशेष सुरक्षा गण कञ्चनपुरमा कार्यरत रामप्रकाश शाह रहेका छन् । त्यसपछि भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, सुरेशप्रसाद काफ्ले, श्यामसिं चौधरी, नकुल पोखरेल क्रमशः सिफारिस सूचीमा परेका छन् ।

त्यसैगरी दिलिप घिमिरे, पदमबहादुर विष्ट, योगेन्द्रसिंह थापा र सुवासचन्द्र बोहरा पनि एसएसपीमा बढुवाका लागि सिफारिस भएका छन् ।

यस बढुवासँगै प्रहरी प्रधान कार्यालयदेखि विशेष सुरक्षा गण, प्रदेश प्रहरी कार्यालय र प्रमुख जिल्ला कमाण्डसम्म जिम्मेवारी हेरफेर हुने निश्चित भएको छ । मन्त्रिपरिषद्को औपचारिक निर्णयपछि फेरबदल लागू हुनेछ ।

Logo