निर्वाचन प्रहरीमा भर्ना खुल्यो, एक लाखभन्दा बढी खटाइँदै

निर्वाचन प्रहरीमा भर्ना खुल्यो, एक लाखभन्दा बढी खटाइँदै

केन्द्रबिन्दु
33
Shares

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाल प्रहरीले निर्वाचन सुरक्षाका लागि ठूलो संख्यामा अस्थायी जनशक्ति भर्ना प्रक्रिया सुरु गरेको छ ।

प्रहरी प्रधान कार्यालयले १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी आवश्यक पर्ने जनाउँदै दरखास्त आह्वान गरेको हो । निर्वाचन अवधिभर मतदान केन्द्रदेखि मतगणनासम्म सुरक्षा व्यवस्थापनमा खटिने गरी भर्ना गरिने जनाइएको छ ।

निर्वाचन प्रहरी बन्न इच्छुक १८ देखि ५४ वर्ष उमेर समूहका साधारण लेखपढ गर्न जान्ने नागरिकले पुस २५ देखि माघ १ गतेसम्म देशभरका जिल्ला प्रहरी कार्यालय तथा काठमाडौँ उपत्यकाका तीनै प्रहरी परिसरबाट फारम बुझाउन सक्नेछन् । सार्वजनिक बिदाका दिनमा पनि आवेदन खुला रहनेछ ।

प्रहरीका अनुसार माघ ५ देखि ९ गतेसम्म छनोट प्रक्रिया चल्नेछ भने माघ १२ गते अन्तिम नतिजा सार्वजनिक गरिनेछ । छनोट भएका उम्मेदवारले माघ १५ देखि २४ गतेसम्म तालिम लिनेछन् ।

निर्वाचन प्रहरीको कार्य अवधि ४० दिनको रहनेछ । यस अवधिमा उनीहरूले ३४ हजार ७७६ रुपैयाँ पारिश्रमिक पाउनेछन् । साथै रासन, आउजाउ र अन्य तयारी खर्चस्वरूप अतिरिक्त रकम तथा खाजा र पोसाक सुविधा पनि प्रदान गरिनेछ ।

Logo