प्रधानमन्त्री र एमाले अध्यक्षबीच भेटवार्ता, चुनाव केन्द्रित छलफल

प्रधानमन्त्री र एमाले अध्यक्षबीच भेटवार्ता, चुनाव केन्द्रित छलफल

केन्द्रबिन्दु
33
Shares

काठमाण्डौँ । चुनावी गतिविधि तीव्र बन्दै गएको बेला प्रधानमन्त्री सुशीला कार्की र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा तीन घण्टाभन्दा बढी समय ‘वान टु वान’ भेटवार्ता भएको छ । जेनजी आन्दोलनपछि सत्ता गुमाएका ओलीले कार्की नेतृत्वको सरकारलाई अवैध र असंवैधानिक भन्दै आलोचना गर्दै आएका थिए ।

ओलीले प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै अदालतसम्म पुगेका छन् भने सार्वजनिक रूपमा सरकारविरुद्ध आक्रोश पोख्दै आएका छन् । तर, सरकारको आलोचना गरेको भोलिपल्टै भएको कार्की–ओली भेटलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार उक्त भेटमा आगामी निर्वाचन, राजनीतिक स्थायित्व र समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो । हालै निर्वाचन आयोगले ओलीमाथि लगाइएको स्थानहद फुकुवा गरेपछि वातावरण केही सहज बनेको र त्यसपछि दुबै नेताबीच सौहार्दपूर्ण संवाद भएको बताइएको छ ।

राजनीतिक विश्लेषकहरूका अनुसार कांग्रेस–एमालेबीचको बढ्दो निकटताले आगामी प्रतिनिधिसभा निर्वाचनमा नयाँ राजनीतिक समीकरण जन्माउने संकेत देखिएको छ ।

Logo