कांग्रेस कार्यवाहक सभापति खड्काको पत्रकार सम्मेलन स्थगित

कांग्रेस कार्यवाहक सभापति खड्काको पत्रकार सम्मेलन स्थगित

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको पत्रकार सम्मेलन स्थगित भएको छ ।

विशेष महाधिवेशनले पार्टीमा ल्याएको विवाद उत्कर्षमा पुगेका बेला कार्यवाहक सभापति खड्काले डा. शेखर कोइरालाको उपस्थितिमा पत्रकार सम्मेलन गर्ने तयारी गरेका थिए । तर कोइराला नजाने भएपछि पत्रकार सम्मेलन स्थगित गरिएको बताइएको छ ।

यता महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वले आह्वान गरेको विशेष महाधिवेशन तयारी तिब्र पारिएको छ । शुक्रबार बिहानै कार्यकर्ताहरू चारतारे झन्डाले भृकुटीमण्डप र आसपास क्षेत्र सिंगारिरहेका छन् । महामन्त्रीद्वयको नेतृत्वमा आह्वान भएको विशेष महाधिवेशन पुस २७ र २८ मा गर्ने तयारी छ ।

Logo