१२ दिनमै भाँडियो रास्वपा र उज्यालो नेपालबीचको एकता

१२ दिनमै भाँडियो रास्वपा र उज्यालो नेपालबीचको एकता

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी र कुलमान घिसिङनिकट उज्यालो नेपालबीच एकताको सहमति १२ दिनमै भाँडिएको छ ।

केहीबेर अघि बसेको रास्वपाको आकस्मिक सचिवालय बैठकमा रास्वपा सभापति रवि लामिछानेले उज्यालो नेपाल पार्टीसँगको पार्टी एकता जोगाउन नसकेको बताएका हुन् । उनले बैठकमा कुलमान पक्षले ल्याएका पछिल्ला मागहरूबारे ब्रिफिङ गरेका थिए ।

बैठक स्रोतका अनुसार, सचिवालयले उज्यालो नेपाल पार्टीसँग गरेको सहमति अनुमोदन नगर्ने निर्णय पनि भएको छ ।

यसअघि कुलमान घिसिङ उपसभापति पद हुनेगरी रास्वपासँग सहमति बनेको थियो । पदाधिकारी, केन्द्रीय सदस्य पदमा दुई पक्षमा कुरा मिल्न सकेको थिएन । पछि उज्यालो नेपालले पार्टीको नाम फेर्नेदेखि प्रत्यक्षतर्फ क्षेत्रहरू तोकेर आफूलाई चाहिनेसम्म अडान राखेको थियो। त्यसमा रास्वपा नेतृत्व मान्न तयार नदेखिएपछि एकता भाँडिएको हो ।

यता रास्वपासँग एकता प्रक्रिया भाँडिएसँग उज्यालो नेपाल पार्टीले पनि केन्द्रीय समितिको बैठक बोलाएको छ । कुलमान पार्टीको अध्यक्षको भूमिकामा चयन भएका छन् ।

Skip This
Skip This
Logo