१२ बुँदे सम्झौता सहित जसपा नेपाल र लोसपाबीच एतिहासिक एकता

१२ बुँदे सम्झौता सहित जसपा नेपाल र लोसपाबीच एतिहासिक एकता

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच पार्टी एकता भएको छ । आइतबार दुई पार्टीविचमा १२ बुँदे सम्झौता सहित एकता भएको हो ।
सम्झौतामा ४३ सदस्यीय केन्द्रीय समन्वय समिति बनाइएको छ । जसमा संरक्षकको जिम्मेवारी महन्थ ठाकुरले पाएका छन् भने अध्यक्षमा उपेन्द्र यादव चयन भएका छन् ।

समन्वय समितिले ११ सदस्यीय सचिवालय गठन गर्ने सहमति पत्रमा उल्लेख छ । एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी (जसपा) नेपाल रहने सहमति पत्रमा उल्लेख गरिएको छ ।

Logo