काठमाडौं। नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन भृकुटीमण्डपमा सुरु भएको छ । अहिलेसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले आफ्नो नाम दर्ता गरिसकेका छन्। कुल ४७४३ प्रतिनिधि मध्ये ५४ प्रतिशतले हस्ताक्षर गरेर महाधिवेशन माग गरेका थिए ।
तीन महिनाअघि पार्टी संस्थापन पक्षले विशेष महाधिवेशनको माग बेवास्ता गरेपछि महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले आह्वान गरेका हुन्। उद्घाटन सत्र काठमाडौँ जिल्ला सभापति सबुजकृष्ण बानियाँको नेतृत्वमा भइरहेको छ । विशेष महाधिवेशनमा प्रतिनिधिहरूको दर्ता धमाधम भइरहेको छ । उद्घाटन सत्र पार्टीका वरिष्ठ नेता र महाधिवेशन प्रतिनिधिको उपस्थिति र जवाफदेहीतालाई बलियो बनाउने प्रयत्नका रूपमा लिइएको छ ।
महाधिवेशन भोलिसम्म चल्नेछ र यसले पार्टीभित्र युवा नेतृत्व र संगठन पुर्नस्थापित गर्नेछ ।





























प्रतिक्रिया