पुरानै ढंगले नयाँ यात्रा असम्भव : विश्वप्रकाश शर्मा

पुरानै ढंगले नयाँ यात्रा असम्भव : विश्वप्रकाश शर्मा

केन्द्रबिन्दु
39
Shares

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पुरानै ढंगले नयाँ यात्रा असम्भव रहेको बताएका छन् ।

पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई संबोधन गर्दै शर्माले पुरानै ढंगले अब नयाँ भविष्य निर्माण गर्न नसकिने स्पष्ट पारे ।

शर्माले अहिलेको परिस्थितिलाई सामना गर्न र नयाँ परिस्थिति निर्माण गर्न नयाँ सोच आवश्यक भएको औँल्याउदै पुरानै आनीबानी र शैली राखेर नयाँ यात्रा अघि बढाउन नसकिनेमा जोड दिए । उनले भने, “यो उपस्थितिले कांग्रेस मात्र होइन, देशको भविष्य बदल्ने सोच बोकेको छ ।”

उनले कांग्रेस आफैंभित्रका चुनौतीहरूसँग जुध्दै आइरहेको र नयाँ नेतृत्व तथा सहभागी प्रतिनिधिहरूको सक्रियतामार्फत पार्टीलाई बलियो र लोकतान्त्रिक बनाउने विश्वास व्यक्त गरे।

Logo