मेरो शरीरमा बिपी र गणेशमानको साहस छ -गगन थापा

मेरो शरीरमा बिपी र गणेशमानको साहस छ -गगन थापा

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू बिपी कोइराला र गणेशमान सिंहको विचार बोकेर हिँडेको कांग्रेसको सच्चा सिपाही भएको बताएका छन्।

कांग्रेसको दोस्रो विशेष महाधिवेशनको जारी उद्घाटन सत्रमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । उनले भने, ‘म बिपीको छोरा होइन, म गणेशमानको छोरा पनि होइन। मेरो शरीरमा बिपीको रगत बगेको छैन, गणेशमानको रगत बगेको छैन। तर मसँग बिपीको विचार र गणेशमानको साहस छ।’

साथै उनले देशलाई अँध्यारोबाट मुक्त गर्न २५/२६ वर्षका केटाकेटीले स्थापना गरेको पार्टी कांग्रेस भएको पनि उल्लेख गरे ।

Logo