काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन नयाँ नेतृत्व चयनको निर्णायक मोडमा पुगेको छ । केन्द्रीय निर्वाचन समितिले उम्मेदवारी दर्ता शुल्क र निर्वाचन कार्यतालिका सार्वजनिक गरेसँगै भृकुटीमण्डप क्षेत्रमा सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।
निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले जारी गरेको सूचनाअनुसार, ‘नेपाली कांग्रेस विशेष केन्द्रीय महाधिवेशन निर्वाचन निर्देशिका, २०८२’ को अनुसूची ७ बमोजिम विभिन्न पदहरूका लागि मनोनयन दस्तुर निर्धारण गरिएको छ ।
जारी सूचनाअनुसार सभापति पदका लागि ३० हजार उपसभापति र महामन्त्री पदका लागि २५ हजार, सह–महामन्त्री पदका लागि २० हजार र केन्द्रीय सदस्य पदका लागि १० हजार रुपैयाँ शुल्क तोकिएको छ ।
यी शुल्कहरू पार्टीको आर्थिक आवश्यकता र निर्वाचन प्रक्रियाको सुव्यवस्थितताका लागि तोकिएका हुन् ।





























प्रतिक्रिया