चार महिनापछि कांग्रेसको चुनाबी समीक्षा बैठक आज

चार महिनापछि कांग्रेसको चुनाबी समीक्षा बैठक आज

केन्द्रबिन्दु
0
Shares

प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको चार महिनापछि प्रमुख विपक्षी दल नेपाली कांग्रेस केन्द्रीय समितिमा चुनावी समीक्षा बैठक बस्दै छ । बैठक पार्टी कार्यालय सानेपामा बिहान ११ बजेदेखि बैठक सुरु हुनेछ। 

निर्वाचनमा पार्टीको पराजयबारे छलफल गर्ने कार्यसूची राखेर बोलाएको यो पहिलो बैठक हो । चुनावपछि केन्द्रीय समिति बैठक बसे पनि त्यसमा चुनावी समीक्षा हुन सकेको थिएन । चुनावी परिणामपछि कांग्रेसमा देउवा र पौडेल समूहले हारको कारण एक अर्कालाई लगाउँदै आएका छन्। 

पार्टी नेता शेखर कोइराला, कृष्णप्रसाद सिटौला तथा गगन थापा लगायतले पार्टीको विशेष अधिवेशन माग गर्दै आएका छन्। तर, सभापति देउवा पक्षले भने विशेष महाधिवेशनको आवश्यकता नभएको बताउँदै आएको छ। निर्वाचनमा पराजयपछि नै कांग्रेसमा केन्द्रीय समितिदेखि महासमिति बैठक आह्वानको माग हुँदै आएको थियो। 

बैठकले पार्टीको महासमिति बैठकको मिति र स्थान पनि तोक्ने बुझिएको छ ।

Skip This
Skip This
Logo