काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माबीच भएको छलफल बिना निष्कर्ष टुंगिएको छ । देउवाले राजीनामा दिन अस्वीकार गरेपछी विशेष महाधिवेशन पक्षले निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।
देउवा निवासमा करिब एक घन्टा चलेको वार्तामा महामन्त्रीद्वयले राजीनामालाई ‘बटमलाइन’ बनाए पनि संस्थापन पक्ष सहमत हुन सकेन । सहमति नजुटेपछि गगन र विश्वप्रकाश विशेष महाधिवेशन स्थल भृकुटीमण्डपतर्फ लागेका छन् ।
उता संस्थापन पक्ष केन्द्रीय समिति बैठकको तयारीमा जुटेको छ । वार्ता असफल भएपछि कांग्रेस अब औपचारिक रूपमा निर्वाचनको दिशामा अगाडी बढ्ने विशेष महाधिवेशन पक्षका नेताहरुले बताएका छन् ।































प्रतिक्रिया