महामन्त्री पद मैले बिहानै त्यागेको हुँ, कस्लाई निष्कासन हो ? विश्वप्रकाश शर्मा

महामन्त्री पद मैले बिहानै त्यागेको हुँ, कस्लाई निष्कासन हो ? विश्वप्रकाश शर्मा

केन्द्रबिन्दु
54
Shares

काठमाडौं। नेपाली कांग्रेसको संस्थापनबाट कारबाहीमा परेको बताइए पनि महामन्त्री विश्वप्रकाश शर्माले आफूले पद आफैं त्यागेको बताएका छन्।

विशेष महाधिवेशनको बन्द सत्रमा बोल्दै शर्माले भने, “केन्द्रीय समिति बैठकले कारबाही गरेको सुनेँ। जीवनमा पहिलो पटक ‘कारबाही’ शब्दसँग जोडिएँ। तर महामन्त्री पद मैले बिहानै त्यागेको हुँ , त्यसैले निष्कासनको कुनै अर्थ छैन, म पदमै छैन कस्लाई निष्कासन हो ?”

उहाँले थपे, “महामन्त्री पद छोडेपछि पार्टीका दुई युवा नेता प्रदीप पौडेल र गुरुराज घिमिरेले मनोनयन दर्ता गरिसकेका छन्। अब यो प्रक्रिया अनुसार पार्टी अघि बढ्नेछ।”

Logo