कांग्रेस फूटेको होइन नयाँ नेतृत्व आएको हो : उपसभापति शर्मा

कांग्रेस फूटेको होइन नयाँ नेतृत्व आएको हो : उपसभापति शर्मा

केन्द्रबिन्दु
33
Shares

काठमाडौँ । नेपाली काँग्रेसका नवनिर्वाचित उपसभापति विश्वप्रकाश शर्माले काँग्रेस फूटेको नभएर नेतृत्व परिवर्तन भएको बताएका छन् । महाधिवेशन पछी पहिलो बैठक बसेर निर्वाचन आयोगमा अद्यावधिक गराउन पुगेका शर्माले सञ्चारकर्मीसँग कुरा गर्दै विशेष महाधिवेशनले नीति र नेतृत्व दुवै परिवर्तन गरिसकेको बताए । शर्माले विशेष महाधिवेशनपछि उत्पन्न बहसलाई अनावश्यक भएको भन्दै पार्टीको वैधानिक निरन्तरतामा प्रश्न उठ्ने आधार नरहेको दाबी गरे ।

शर्माले विशेष महाधिवेशनले पार्टीको नीति र नेतृत्व परिवर्तन गरिसकेको र आयोगलाई लिखित र मौखिक दुवै रुपमा जानकारी गराएको बताए ।

महाधिवेशनमार्फत नेतृत्व परिवर्तन हुनु लोकतान्त्रिक अभ्यास भएकाले यसलाई विभाजनको संज्ञा दिन नमिल्ने शर्माको दाबी छ ।

Logo