१२ दिनको अँध्यारोपछि उज्यालोतर्फ उन्मुख भयौँ : कुलमान घिसिङ

१२ दिनको अँध्यारोपछि उज्यालोतर्फ उन्मुख भयौँ : कुलमान घिसिङ

केन्द्रबिन्दु
30
Shares

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो राजनीतिक यात्रामा हालै १२ दिन निकै कठिन अवस्थामा बिताएको बताएका छन्। बिहीबार काठमाडौंमा राष्ट्रिय परिवर्तन पार्टी (युनाइटेड जेन्जी) सँग पार्टी एकताको घोषणा कार्यक्रममा बोल्दै उनले आफूहरू ‘दुर्घटनामा परेको जस्तो अवस्था’बाट गुज्रिएको तर त्यसबाट चोखिएर बाहिर निस्कन सफल भएको बताए।

घिसिङका अनुसार ती १२ दिन पार्टी र आफूका लागि अत्यन्त चुनौतीपूर्ण रहे। ‘अँध्यारोबाट बाहिर निस्किन हामीलाई १२ दिन लाग्यो,’ उनले भने,‘कठिन समयले हामीलाई अझ जिम्मेवार र स्पष्ट बनायो।’ अब पार्टी अझ सफा र उज्यालो भएर अघि बढ्ने उनको भनाइ छ ।

उनले उज्यालो नेपाल पार्टी केवल अर्को राजनीतिक दल मात्र नभई नयाँ पुस्ताको चाहना र जेन्जी आन्दोलनको म्याण्डेट बोकेको शक्ति भएको दाबी गरे। घिसिङले अन्य अधिकांश दल पुरानो सोच र शैलीमा अड्किएको टिप्पणी गर्दै देशलाई नयाँ दिशा दिन नयाँ राजनीतिक शक्ति आवश्यक भएको बताए।

पार्टी एकता कार्यक्रममा उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टी (युनाइटेड जेन्जी) बीच सहमतिपत्रमा हस्ताक्षर समेत भएको छ ।

Logo