सरकारको कार्यशैलिप्रति उपेन्द्रको असन्तुष्टि

सरकारको कार्यशैलिप्रति उपेन्द्रको असन्तुष्टि

केन्द्रबिन्दु
0
Shares

संघीय समाजवादी फोरम, नेपालले हालसम्म सरकारमा जाने औपचारिक निर्णय नभएको दावी गरेको छ ।

पार्टीका अध्यक्ष उपेन्द्र यादवले हालसम्म सरकारमा जाने औपचारिक निर्णय नभएको प्रतिक्रिया दिएका हुन् । आईतबार काठमाडौंको तीनकुनेस्थित पार्टी केन्द्रिय कार्यालयमा बसेकोे शिर्ष तहको बैठक पछि संचारकर्मीमाझ उनले राजनीतिक सहमति नभई सरकारमा नजाने पार्टीको अडान समेत दोेहो¥याए । अध्यक्ष यादवले आफूहरुको माग सम्बोधन गर्ने सरकारको प्रतिवद्धता आएपछि सरकारले जाने विषयमा निर्णय लिइने पनि बताए ।

त्यसैगरी बैठकले राष्ट्रिय जनता पार्टी, नेपालका सांसद रेशम चौंधरीलाई पक्राउ गरेर सरकारले गल्ती गरेको टिप्पणी पनि गरेको छ । अध्यक्ष यादवले राजनीतिक मुद्दालाई लिएर चौधरीलाई पक्राउ गर्नु सरकारको गल्ती भएको दावी गरे ।

फोरम नेपालले पछिल्लो समयमा आएर सरकारको कार्यशैलीप्रति पनि असन्तुष्टि जनाउँदै आएको छ ।

Skip This
Skip This
Logo