धनगढी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सुदूरपश्चिम प्रदेशका १६ निर्वाचन क्षेत्रमा ४६ जनाले उम्मेदवारीको दाबी गरेका छन्।
रास्वपाले प्रतिनिधिसभा सदस्य बन्न इच्छुकलाई अनलाइनमार्फत आवेदन पेस गर्न आह्वान गरेको थियो। सोहीअनुसार पार्टीका केन्द्रीय, प्रदेश र स्थानीय तहका नेतादेखि बाहिरबाट समायोजन भएका व्यक्तिसम्मले दाबेदारी प्रस्तुत गरेका हुन्।
उम्मेदवारी दाबी गर्नेहरूमा सुदूरपश्चिम प्रदेश सभापति इन्जिनियर प्रकाश विष्ट, डडेल्धुराबाट सागर ढकाल, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका स्वकीय सचिव भूपदेव शाह, तथा गृहमन्त्री ओमप्रकाश अर्यालका स्वकीय सचिव धिरज जोशी समेत छन्।
कैलाली–१ बाट प्रदेश सभापति विष्टले दाबी गरेका छन् भने कञ्चनपुर–२ बाट पार्टी सचिवालय सदस्य दीपक बोहरा उम्मेदवार बन्ने प्रयासमा छन्। सागर ढकालले डडेल्धुरा रोजेका छन्। अछाम–२ बाट बालेन शाहका स्वकीय सचिव भूपदेव शाह र कञ्चनपुर–३ बाट धिरज जोशीले दाबी पेस गरेका छन्।
१६ निर्वाचन क्षेत्रमध्ये कञ्चनपुर–१, अछाम–१, डोटी, बैतडी र दार्चुला गरी पाँच क्षेत्रमा मात्र एकल दाबेदारी परेको छ। बाँकी क्षेत्रमा भने एकभन्दा बढी आकांक्षी देखिएका छन्।
रास्वपाले हालसम्म उम्मेदवारका आकांक्षीबारे औपचारिक धारणा सार्वजनिक गरेको छैन। पार्टीका सुदूरपश्चिम प्रदेश महामन्त्री सन्तोष जोशी ले अनलाइन प्रणाली केन्द्रीय समितिले व्यवस्थापन गर्ने भएकाले कुन क्षेत्रमा कसले दाबी गरेको भन्ने जानकारी प्रदेश तहमा तत्काल नआएको बताए।
उनका अनुसार केन्द्रीय समितिबाट सूची प्राप्त भएपछि उम्मेदवारका आकांक्षीबारे औपचारिक जानकारी सार्वजनिक गरिने छ। पार्टी केन्द्रले नै अन्तिम रूपमा उम्मेदवार चयन गर्ने तयारी गरेको नेताहरू बताउँछन्।
यी हुन ४६ दाबेदार
१) कैलाली–१
१) इन्जिनियर प्रकाश विष्ट
२) कोमल सुवेदी (नाउपापक्ष)
३) सुरेश कर्ण
३) दिव्या चौधरी
४) सिद्धार्थ साउद
५) दीपेन्द्र चौधरी
२) कैलाली–२
१) पदमराज शर्मा
२) पदम चौलागाई
३)पवित्रा गिरी
४) केपी खनाल (बालेनपक्ष)
३) कैलाली–३
१) महेशकुमार चौधरी (जिल्ला सभापति)
२) जगत जोशी
३) इन्दु चौधरी(नाउपा पक्ष)
४) कैलाली–४
१) खेमराज कोइराला
२) दिल्लीराज जोशी
३) मिनबहादुर बोहरा
४) शिवराज पन्त (पूर्वकर्णेल)
५) हेमराज भट्ट
६) सत्यराज रावल
५) कैलाली–५
१) भीमबहादुर बोहरा
२) जसुकुमारी भट्ट
३) हरि रेग्मी
४) ईश्वरी बिष्ट
५) पुष्कर अवस्थी
६) लक्ष्मण थारू
७) आनन्द बहादुर चन्द (बालेन पक्ष)
६) कञ्चनपुर–१
१) जनक धामी
२) नवराज राना
७) कञ्चनपुर–२
१) दीपक बोहरा (सचिवालय सदस्य)
८) कञ्चनपुर–३
१) ज्ञानेन्द्र सिंह महता
२) उमेश पाण्डे
३) कृष्णदत्त जोशी (बक्सर)
४) धिरज जोशी (बालेन पक्ष तथा गृह मन्त्रीका स्वकीय सचिव)
९) डडेल्धुरा
१) सागर ढकाल
२) सुरेन्द्र अवस्थी(जिल्ला सभापति)
४) डा.तारा जोशी (उज्यालो पार्टीबाट समायोजन)
१०) बझाङ
१) मिनबहादुर सिंह
२)सत्यराज उपाध्याय (जिल्ला सभापति)
३) शैलेश सिंह
११) अछाम– १
१) ओमप्रकाश रावल (जिल्ला सभापति)
१२) अछाम–२
१) जीवन तिमिल्सिना
२) भूपदेव शाह (बालेन स्वकीय सचिव)
१३) बाजुरा
१) राजबहादुर सिंह
२) हेमराज थापा
१४) बैतडी
१) हरिमोहन भण्डारी
१५) डोटी
१) नरेन्द्र खड्का
१६) दार्चुला
१) राजेश साउद





























प्रतिक्रिया