कांग्रेसका नेता एवं पूर्वमन्त्री बिरेन्द्र कुमार कनौडिया एमालेमा प्रवेश

कांग्रेसका नेता एवं पूर्वमन्त्री बिरेन्द्र कुमार कनौडिया एमालेमा प्रवेश

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता बिरेन्द्र कुमार कनौडिया एमाले प्रवेश गरेका छन् ।

आज एमाले मुख्यालय च्यासलमा केपी शर्मा ओलीसँग भेटी टिका र खादा लगाएर उनी एमाले प्रवेश गरेका हुन् । उनी कपिलवस्तुको क्षेत्र नं ३ मा आगामी निर्वाचनका लागि एकल नाम सिफारिस भएका नेता हुन् ।

उनले कांग्रेस विशेष महाधिवेशनको पक्षमा दिएको आफ्नो हस्ताक्षर फिर्ता लिएको घोषणा गरेका थिए । कनौडियाले पार्टीभित्र दुई समूहबीच बढिरहेको विवादले पार्टी फुट्ने सम्भावना देखिएपछि हस्ताक्षर फिर्ता लिएको बताएका थिए ।

उनी लामो समयदेखि कांग्रेसमा आबद्ध रहेका हुन् । यसअघि लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलको नेता समेत रहिसकेका उनी प्रदेश नं. ५ मा नेपाली कांग्रेस संसदीय दलको नेता सेमत थिए ।

कनौडिया यसअघि २०५६ प्रतिनिधिसभाको सदस्य थिए । त्यतिबेला राज्यमन्त्री भएका थिए ।

Skip This
Skip This
Logo