रुकुमपूर्वमा प्रचण्डसँग एमालेका खड्का भिड्ने

रुकुमपूर्वमा प्रचण्डसँग एमालेका खड्का भिड्ने

केन्द्रबिन्दु
75
Shares

रुकुमपुर्व । रुकुमपूर्वमा उम्मेदवारी दिन लागेका नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग लड्न एमालेका केन्द्रीय सदस्य खेममान खड्काले उम्मेदवारी दिने भएका छन् ।

खड्का सो जिल्लाका इन्चार्जसमेत हुन् । यसअघि एमालेले नेता प्रचण्डलाई सघाउने खालका विषय बाहिर आएका थिए तर अन्तिम समयमा खड्कालाई उठाउने निर्णय गरेको एमालेले बताएको छ ।

‘पहिले लचक हुने कि भन्ने थियो तर अब जसरी पनि बलियो उम्मेदार बनाउने भन्नेमै पुगियो, नेता खेममानलाई उम्मेदार बनाएर जाने कुरा भयो’ एमाले एक नेताले भने ।

यसपालि रुकुमपूर्वको निर्वाचनलाई चासोका साथ हेरिने भएको छ । यस्तै झाँपा ५ र डडेल्धुरामा पनि निर्वाचनले रौनकता ल्याउनेछ । झाँपा ५ एमाले अध्यक्ष ओलीको क्षेत्र हो भने डडेल्धुरा काँग्रेस सभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्र हो ।

Logo