काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । पार्टी सभापतिको निर्देशनअनुसार केन्द्रीय समितिको बैठक आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्न लागेको हो।
रास्वपाका प्रवक्ता मनिष झाले जारी गरेको सूचनाअनुसार बैठकमा केन्द्रीय समितिका सबै पदाधिकारी तथा सदस्यहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ ।
बैठकको मुख्य कार्यसूचीमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सम्बन्धी विषयमा छलफल हुने जनाइएको छ। साथै, बैठकमा विविध समसामयिक विषयहरूमा पनि छलफल हुने झाले जनाएका छन् । रास्वपाले आगामी निर्वाचनको तयारी, रणनीति र संगठनात्मक विषयमा महत्त्वपूर्ण निर्णय लिन सक्ने अपेक्षा गरिएको छ ।





























प्रतिक्रिया