काठमाडौँ। निर्वाचन आयोगले आज राति १२ बजेबाट निर्वाचन आचारसंहिता–२०८२ लागू हुने जनाएको छ। आचारसंहिता लागू भएपछि सरकारले र सबै दलहरूले सोहीअनुसार आफ्नो गतिविधि सञ्चालन गर्नुपर्नेछ ।
निर्वाचन आयोगका सहायक प्रवक्ता सीता पुनले बताइन्, “आज राति १२ बजेबाट निर्वाचन आचारसंहिता लागू हुन्छ ।” आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन तय गरिएको छ भने उम्मेदवारी मनोनयनको मिति माघ ६ मा तोकिएको छ ।
निर्वाचन आचारसंहिता लागू गर्नुअघि आयोगले आइतबार प्रधानमन्त्री र मन्त्रीहरूसँग छलफल गरेको थियो। आयोगले यसअघि आचारसंहिता राजपत्रमा प्रकाशित गरिसकेको छ ।































प्रतिक्रिया