काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सोमबार दिउँसो गृहजिल्ला झापा पुगेका छन् । उनी जेनजी आन्दोलनपछि पहिलोपटक झापा पुगेका हुन् ।
भर्खरै चन्द्रगढी विमानस्थलमा अवतरण गरेका अध्यक्ष ओलीले झापामा पार्टीका नेता–कार्यकर्तासँग छलफल गर्ने तथा आगामी निर्वाचनबारे निर्देशन दिने कार्यक्रम रहेको बताइएको छ ।
उम्मेदवारी दर्ताको दिन नजिकिँदै गर्दा झापा–५ मा चुनावी माहोल तातिएको छ । यस क्षेत्रमा ओलीलाई टक्कर दिन काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाह पनि आजै झापा पुग्ने कार्यक्रम छ । उनी आज जनकपुरमा आयोजना हुने आमसभामा सहभागी भएपछि आफ्नो गृहजिल्ला महोत्तरी जानेछन् । त्यहाँ केही समय बसेर उनी पूर्वतर्फ लाग्ने कार्यक्रम तय भएको छ ।































प्रतिक्रिया