सुनसरी–१ भिडन्तः हर्क साम्पाङ, गोमा तामाङ र टिका लिम्बु मैदानमा

सुनसरी–१ भिडन्तः हर्क साम्पाङ, गोमा तामाङ र टिका लिम्बु मैदानमा

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने घोषणा गरेका छन्।

वि.सं. २०७९ को स्थानीय तह निर्वाचनमा धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारका रूपमा मेयर पदमा निर्वाचित भएका साम्पाङले हालै आफ्नै अध्यक्षतामा ‘श्रम संस्कृति पार्टी’ निर्वाचन आयोगमा दर्ता गराएका थिए । मेयर निर्वाचित भएपछि गठन भएको उनको यो पार्टीबाटै उनी अब संसदीय राजनीतिमा होमिन लागेका हुन्।

मेयर साम्पाङले आइतबार उपमेयर अइन्द्रबिक्रम बेघासमक्ष राजीनामा बुझाएका छन्। प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बन्ने भएकाले उनले मेयरबाट राजीनामा दिएका हुन् ।

चुनावपछि प्रधानमन्त्री बन्ने उद्घोष गर्दै आएका साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछाने र बालेन शाहलाई समाजिक सन्जाल र विभिन्न मिडियामा उनीहरुभन्दा आफू याेग्य रहेकाे र प्रधानमन्त्री बन्ने दाबी गर्दै आएका छन् ।

रास्वपाले साम्पाङसँग चुनाव लड्न कोशी प्रदेश अध्यक्ष गोमा तामाङलाई टिकट दिएको छ । उनले २०७९ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा एमाले–जसपा नेपाल गठबन्धनका उम्मेदवार अशोक राईलाई कडा चुनौती दिएकी थिइन् । झिनो मतान्तरले दोस्रो स्थानमा रहेकी तामाङले सुनसरी क्षेत्र नम्बर–१ बाट दोस्रो पटक टिकट पाएकी हुन् ।

जसपा र एमालेको उम्मेदवार अशोक राईले १७ हजार ५९ मत पाउँदा गोमाले १६ हजार ६ सय ६ मत पाएकी थिइन् । यो क्षेत्रबाट चुनाव लड्न धरान १७ नं. वार्डका अध्यक्ष मनोज भट्टराई पनि राजीनामा दिएर चुनाव उठ्न आएका छन् । नेपाली कम्युनिष्ट पार्टी बाट उनी उम्मेदवार बन्दैछन् । धरान महानगरमा साङपाङ र भट्टराई बारम्बार विवादमा आइरहने गर्दथे ।

यता सुनसरी १ मा एमालेले युवा उम्मेदवार टिका लिम्बुलाई उम्मेदवार बनाउने भएको छ । शनिवारको बैठकले प्रकास पन्दाकलाई उम्मेदावर बनाए पनि पछि लिम्बुलाई टिकट दिएको हाे । यो क्षेत्र एमालेको गढ पनि हो ।

Skip This
Skip This
Logo