पुर्व प्रदेशमन्त्री अम्बिरबाबु गुरुङले छाडे एमाले,ओखलढुंगामा बने नेकपाका उम्मेदवार

पुर्व प्रदेशमन्त्री अम्बिरबाबु गुरुङले छाडे एमाले,ओखलढुंगामा बने नेकपाका उम्मेदवार

केन्द्रबिन्दु
12
Shares

ओखलढुंगा । नेकपा एमालेका नेता तथा पूर्व प्रदेशसभा सदस्य अम्बिरबाबु गुरुङले एमाले परित्याग गरी नेपाली कम्युनिस्ट पार्टी प्रवेश गरेका छन् । पार्टी प्रवेश सँगै नेकपाले उनलाई ओखलढुंगामा प्रतिनिधि सभा निर्वाचनका लागि टिकट दिएको छ । गरुङले आफ्नो उम्मेदवारी दर्ता गराईसकेका छन् ।

गुरुङले यसअघि नेकपा (एमाले)बाट २०७४ मा ओखलढुंगामा निर्वाचित भएका थिए । प्रदेशसभा सदस्य बनेका उनी कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री तथा राज्यमन्त्री समेत रहिसकेका छन्। नेकपाबाट टिकट पाएर उम्मेदवारी दर्ता गराएका गुरुङले एमालेमा राजनैतिक भविष्य नभएको भन्दै नेकपामा प्रवेश गरेको बताए। उनी तारा चुनाव चिन्ह लिएर चुनावी मैदानमा होमिएका छन् ।

ओखलढुंगा कांग्रेसको प्रभाव क्षेत्र मानिए पनि वामपन्थीहरूले पनि राम्रो प्रदर्शन गर्दै आएका छन्। गुरुङ पूर्वाधार विकास, सडक, विमानस्थल (जस्तै रुम्जाटार विमानस्थल) सञ्चालन, भ्रष्टाचारविरुद्ध अभियान र क्षेत्रीय विकासमा सक्रिय रहेर परिचित छन्। उनले वर्तमान परिपेक्षेमा देशका लागि आवश्यक पार्टी नेकपा भएको भन्दै निर्वाचनमा जनताको विश्वास जितेर विकासका कामलाई थप गति दिने बताएका छन्।

Skip This
Skip This
Logo