बागमती प्रदेशले शहीदको सम्मानका लागि छुट्टै नीति तर्जुमा गर्ने

बागमती प्रदेशले शहीदको सम्मानका लागि छुट्टै नीति तर्जुमा गर्ने

केन्द्रबिन्दु
0
Shares

मकवानपुर ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शहीद सम्मानका लागि छुट्टै नीति तर्जुमा गरिने जानकारी दिएका छन् । शहीद दिवसका उपलक्ष्यमा शहीद स्मारक विकास समितिद्वारा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले शहीदका सपना साकार पार्न प्रमुख दलले नै आपसी वादविवाद होइन, जनता र राष्ट्रप्रति जवाफदेही हुनुपर्ने अवस्था आएको बताए ।

कार्यक्रममा बागमती प्रदेशसभाका कांग्रेस प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँले शहीदले गरेको त्यागलाई उच्च सम्मान गर्नुपर्ने बताए । जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, समितिका उपाध्यक्ष रामेश्वर रानाले सत्ता राजनीतिको होडबाजीलाई त्यागेर विकासप्रति एकजुट हुन आग्रह गरेका थिए । उपमहानगरपालिका–११ स्थित थानाभर्याङबाट निस्केको ¥यालीले शहीद स्मारक पुगी शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेको थियो ।

स्मारकमा श्रद्धाञ्जली अर्पण

शहीद दिवसको उपलक्ष्यमा हेटौँडा उपमहानगरपालिका–११ नवलपुरस्थित अमर शहीद स्मारकमा शक्रबार पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जलि अर्पण गरियो । बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाई, मुख्यमन्त्री पौडेल, मन्त्रीहरु क्रमशः विभिन्न दलहका नेता एवं सुरक्षा निकायका उच्च पदस्थ अधिकृतले अमर शहीदको स्मारकमा पुष्पगुच्छा अर्पण गरेका थिए । सोही अवसरमा नेपाली सेनाको एक टुकडीले सम्मान अर्पण गरेको थियो ।

 

Logo