टक्सार। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भोजपुरमा १२ दलका उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।
उक्त निर्वाचनमा सहभागिताका लागि नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट राजाराम बासी, श्रम संस्कृति पार्टीबाट ध्रुवराज राई, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट शेरधन राई, राष्ट्रिय परिवर्तन पार्टीबाट जितेन्द्र राई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट जनक नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश ओझा र नेपाल मङ्गोल नेशनल अर्गनाइजेसनबाट चन्दप्रसाद राईले मङ्गलबार उम्मेदवारी दर्ता गरेका छन् ।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट देवानराज राई, नेपाली कम्युनिष्ट पार्टीबाट अजम्बर राई ‘काङमाङ’, जनता समाजवादी पार्टीबाट गोपालकुमार राई, नेपाली कांग्रेसबाट बालकृष्ण थापा र आम जनता पार्टीबाट युवराज थापाले उम्मेदवारी दर्ता गरेका छन् ।
भोजपुरमा कुल एक लाख २५ हजार सात सय ६६ मतदाता रहेका छन् । जिल्लामा ८७ मतदान स्थल र १६१ मतदान केन्द्र कायम गरिएको छ ।































प्रतिक्रिया