काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि धादिङ क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता नहुने प्रष्ट पारेकी छिन्।
सामाजिक सञ्जाल र विभिन्न क्षेत्रमा उम्मेदवारीबारे भइरहेका चर्चाको जवाफ दिँदै उनले आफू चुनाव जित्नकै लागि मैदानमा उत्रिएको बताएकी हुन्। उनले भनेकी छन्, “हल्ला को पछि नलागौं । चुनाब जित्न उठेको म उम्मेद्बारी फिर्ता होइन जनताको प्रतिनिधि बनेर आउँछु म ।”
यसअघि तामाङले उम्मेदवारी फिर्ता गर्नका लागि निर्वाचन अधिकृत कार्यालयलाई फोन र इमेल गरेको खबर बाहिरिएका थिए । उम्मेदवारी फिर्ताका लागि शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको थियो।
सामाजिक अभियन्ताका रूपमा चिनिएकी तामाङले यसअघि नै धादिङ-१ का मतदाताहरूसँग भेटघाट र छलफल तीव्र पारेकी छिन्। रास्वपाले उनलाई माघ ५ गते धादिङ-१ को आधिकारिक उम्मेदवारका रूपमा टिकट प्रदान गरेको थियो। यसअघि स्वतन्त्र रूपमा उम्मेदवारी दिने चर्चा भए पनि अन्ततः उनी ‘घण्टी’ चुनाव चिह्न लिएर चुनावी मैदानमा उत्रिएकी हुन्।





























प्रतिक्रिया