काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले साँझ पाँच बजेसम्म राष्ट्रिय सभा सदस्य निर्वाचनको नतिजा सार्वजनिक गरिसक्ने बताएका छन् ।
राष्ट्रिय सभामा रिक्त रिक्त १८ सदस्य पदका लागि सातै प्रदेशमा आज निर्वाचन भइरहेको छ । कोशी प्रदेशमा १ पद निर्विरोध भैसकेको छ ।
‘राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान समय दिउसो ३ बजेसम्म तोकिएको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीका अनुसार सबै प्रदेशमा शान्तिपूर्ण मतदान भइरहेको छ ।
प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख÷उपप्रमुख मतदाता रहेको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कोशीमा कोशी प्रदेश निर्वाचन कार्यालय परिसर विराटनगर, मधेसमा महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुर, बागमतीमा भुटनदेवी माध्यमिक विद्यालय, हेटौँडामा मतदान भइरहेको छ ।
त्यस्तै गण्डकीमा कास्कीको प्रदेश निर्वाचन कार्यालय पोखरा, लुम्बिनीमा कर्मचारी मिलन केन्द्र दाङ, कर्णालीमा प्रदेश निर्वाचन कार्यालय परिसर वीरेन्द्रनगर सुर्खेत तथा सुदूरपश्चिममा प्रदेश निर्वाचन कार्यालय धनगढीमा मतदान भइरहेको छ ।































प्रतिक्रिया