काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकभित्र रहेका बेथिति, विसङ्गति, भ्रष्टाचारलाई आपसी सहकार्य, समन्वयमार्फत अन्त्य गर्दै जानुपर्ने धारणा राखेकी छन् ।
नेपाल खुल्ला विश्वविद्यालयद्वारा प्रधानमन्त्री एवं कुलपति कार्कीको प्रमुख आतिथ्यमा आज आयोजित पहिलो दीक्षान्त समारोहमा उनले उत्कृष्ट उच्च शिक्षामार्फत स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गरी विद्यमान समस्या समाधान गर्दै जानुपर्नेमा जोड दिएकी हुृन् ।
“हाम्रो मुलुक अरुले आएर बनाइदिने होइन, हामीले बनाउने हो । बेथितिबाट भाग्ने होइन । हामीले बेथिति, भ्रष्टाचारलाई हटाउँदै जानुपर्छ”, प्रधानमन्त्री कार्कीले भनिन्, “दीक्षित विद्यार्थीलाई मुलुक बनाउने अभियानमा सहकार्य गर्न म आग्रह गर्दछु । विश्वविद्यालयले प्रतिभा पलायन हुन नदिने, आजका युवाको बदलिँदो स्थितिलाई सम्बोधन गर्ने र उत्पादित जनशक्तिले स्वदेशमा योगदान दिनसक्ने गरी उत्पादनमुखी शिक्षा दिन सक्नुपर्छ ।”































प्रतिक्रिया