काठमाडौं। निर्वाचन आचारसंहिता कार्यान्वयनमा कडाइ गर्दै निर्वाचन आयोगले बालेन शाह, महेश बस्नेत, हर्क साम्पाङ र निकोलस भुसालसँग स्पष्टीकरण मागेको छ । चुनावी प्रचारका क्रममा दिएका अभिव्यक्ति, गतिविधि र प्रचार शैली आचारसंहिताविपरीत भएको उजुरीपछि आयोग सक्रिय बनेको हो।
सामाजिक सञ्जालदेखि सार्वजनिक भाषणसम्म प्रयोग भएका शब्द, बालबालिकाको प्रयोग, समुदायप्रति अपमानजनक अभिव्यक्ति र चुनाव चिह्नको दुरुपयोगजस्ता विषय आयोगको चासोमा परेका छन्। विशेषगरी सामाजिक सञ्जालमार्फत प्रभाव पार्ने उम्मेदवारहरूको अभिव्यक्तिले चुनावी वातावरण बिथोल्न सक्ने भन्दै आयोगले जवाफ मागेको जनाएको छ ।
आयोग स्रोतका अनुसार सबैलाई तीन दिनभित्र स्पष्टीकरण दिन भनिएको छ । आयोगले स्पष्ट गरेको छ—लोकप्रियता वा चर्चित नामका आधारमा कसैलाई छुट नहुने, सबै उम्मेदवारले आचारसंहिता पालना गर्नैपर्नेछ ।
यसै क्रममा आयोगले उम्मेदवारबाहेक अन्य व्यक्ति तथा संस्थासँग पनि घृणाजन्य अभिव्यक्ति, अनुमति बिना कार्यक्रम आयोजना र प्रशासनिक निर्णयसँग सम्बन्धित विषयमा समेत स्पष्टीकरण सोधेको छ ।





























प्रतिक्रिया