संसद पुनःस्थापना र सरकार गठन लगायतका रिटमा पेशी तोकिएको छैन : सर्वोच्च

संसद पुनःस्थापना र सरकार गठन लगायतका रिटमा पेशी तोकिएको छैन : सर्वोच्च

केन्द्रबिन्दु
48
Shares

काठमाडौं। सर्वोच्चमा संसद पुनःस्थापना र सरकार गठन प्रक्रियालगायत विषयमा १७ वटा रिट निवेदन परेका छन् । जेन जी आन्दोलन पछाडि बनेको आन्तरिम सरकार गठन प्रक्रिया गलत भएको र संसद पुनः स्थापना गर्नुपर्ने लगायतका बिषयमा उक्त रिट परेका हुन् ।

दायर भएका रिट निवेदनमा २० गते पेसी तोकिएको भन्ने हल्ला केही अन्लाइन र सञ्चारमाध्यममा आएको र सो सही नभएको सर्वोच्च अदालतले जनाएको छ ।

यही माघ २० गते पेसी तोकिएको भन्ने गलत प्रचार भएको र हालसम्म विघटनविरुद्धको मुद्दामा पेसी नतोकिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिएका छन् ।

’संसद् विघटनविरुद्ध समेतको रिट निवेदन माघ २० गते पेसी तोकिएको भनी केही अन्लाइनहरू समेतमा आएको समाचार सही नभएको जानकारी गराउँदछु’, प्रवक्ता कोइरालाले भने, ’२० गते साधारण तारेख रहेको छ ।’

Skip This
Skip This
Logo