नागरिक सरकारमा ‘घण्टी नै घण्टी फलाउने’ प्रवृत्ति देखियो -नारायण दत्त भट्ट

नागरिक सरकारमा ‘घण्टी नै घण्टी फलाउने’ प्रवृत्ति देखियो -नारायण दत्त भट्ट

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । राष्ट्रिय सभाका सदस्य नारायण दत्त भट्टले वर्तमान राजनीतिक नेतृत्व र लोकतान्त्रिक अभ्यासप्रति कडा टिप्पणी गरेका छन् । बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै भट्टले सरकार र राजनीतिक नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाएका हुन् ।

उनले प्रधानमन्त्री सुशिला कार्कीप्रति संकेत गर्दै नागरिक अगुवाहरूको सरकार बने–नबनेको आफूलाई स्पष्ट नभए पनि वरिपरि “घण्टी नै घण्टी फलाउने” प्रवृत्ति देखिएको टिप्पणी गरे । भट्टले आफूलाई समाजको ‘नायक’ ठान्दै अरूमाथि नैतिक प्रश्न उठाउने तर जिम्मेवारीबाट भागेर पुनः दलकै नाममा सत्तोसराप गर्ने प्रवृत्तिको आलोचना गरे ।

वर्तमान अवस्थालाई गम्भीर चिन्ताको विषय भन्दै उनले भने, “आज यो देशमा थिति, विधि, प्रक्रिया र पद्धति सबै ध्वस्त पारिएको छ ।” लोकतन्त्रको नाममा व्यवस्था र प्रक्रियामाथि प्रहार भइरहेको उनको निष्कर्ष थियो ।

Skip This
Skip This
Logo