काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने डिस्चार्ज भएका छन् ।
‘सेलुलाइटिस’ भएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका लामिछानेको स्वास्थ्य अवस्था सुधार हुँदै गएपछि डिस्चार्ज भएका हुन् । ५ माघमा पार्टीको कार्यक्रममा सहभागी हुन उनी जनकपुरमा पुगेका थिए । स्टेजबाट ओर्लिँदा लामिछानेको देब्रे खुट्टामा चोट लाग्यो ।
घाउ निको नभएपछि चोट लागेको ९ दिनपछि लामिछाने त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए । परीक्षणको क्रममा उनलाई सेलुलाइटिस भएको पत्ता लागेको थियो ।































प्रतिक्रिया