काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ५ मा आफ्नो प्रतिस्पर्धी बालेन साहतर्फ इङ्गित गर्दै ‘ठुटे सिङ लिएर सिंगौरी खेल्न’ पुगेको टिप्पणी गरेका छन् ।
ओखलढुङ्गा एमालेको चुनावी भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘मेरै ठाउँमा पनि केही ठुटे सिंङ लिएर पुगेका छन्। सिँगौरी खेल्दै, मैले केही भन्नै पर्दैन, अण्डा दुई प्रकारको हुन्छन् एउटा बतासे, एउटा साँच्चैको, बतासे अण्डाबाट चल्ला निस्कँदैन। ती बतासे अण्डाबाट कुनै चल्ला निस्कनेवाला छैन।’
यी बतासका खेती गरिरहेकाहरुसँग कुनै संगठन र उद्देश्य नभएको बताउँदै उनले भोलि उठी कहाँ जाने केही थाहा नभएको समेत टिप्पणी गरे । उनले भनेका छन्, ‘यी आकाशे खेती हुन् । धर्तीमा उनीहरु जनतासँग पुग्या छैनन् । कहाँबाट कसले खेलाएका हुन् थाहा छैन । एउटा ह्वीम चलाइदिएको छ । एउटा मोबाइल भन्ने भाँडो, त्यही भाँडोबाट होडलो मच्चाएको छ देशमा ।’
उनले १६५ क्षेत्रमध्ये कुनै एक ठाउँमा एमाले हार्नु भनेको देश हार्नु भएको भन्दै जिताउन लाग्न पार्टीपंक्तिलाई निर्देशनसमेत दिए।





























प्रतिक्रिया