मलाई मतदान गर्नेहरु कहिल्यै पछुताउन पर्नेछैन : तिमिल्सिना

मलाई मतदान गर्नेहरु कहिल्यै पछुताउन पर्नेछैन : तिमिल्सिना

केन्द्रबिन्दु
48
Shares

पर्वत । प्रतिनिधिसभा सदस्यका उम्मेदवार मनहरी तिमिल्सिनाले सबै राजनीतिक दल, नेता र कार्यकर्ताप्रति समभाव र सम्मानको भाव व्यक्त गर्दै पर्वतको विकास नै आफ्नो मुख्य लक्ष्य भएको बताएका छन्।

तिमिल्सिनाले लोकतान्त्रिक आन्दोलनबाट स्थापित नेपाली कांग्रेस, वामपन्थी आन्दोलनमा योगदान दिएको नेकपा एमाले तथा नयाँ सोच र ऊर्जासहित राजनीतिमा आएको राष्ट्रिय स्वतन्त्र पार्टीका नेता–कार्यकर्ताको भूमिकाको सम्मान गरेका छन्। उनले सबै दल र धारप्रति सद्भाव राख्दै अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

उनका अनुसार आफू कसैविरुद्ध गाली, कटाक्ष वा पूर्वाग्रहको राजनीति गर्न चाहँदैनन्। सबैको योगदान, सपना र संकल्पलाई सम्मान गर्दै पर्वतको विकासका लागि इमानदारीपूर्वक काम गर्ने केन्द्रविन्दुलाई बताए ।

तिमिल्सिनाले आफूलाई मतदान गर्ने मतदाताले कहिल्यै पछुताउन नपरोस् भन्ने लक्ष्यसहित राजनीतिमा लागेको बताए । उनले आफ्ना कारण कसैको शिर नझुक्ने गरी काम गर्ने र जीवनभर यही मूल्य र आदर्शमा अडिग रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

Logo