देश विकास र परिवर्तन जनताको पार्टी नेकपाले मात्र गर्छ : बलावती शर्मा

देश विकास र परिवर्तन जनताको पार्टी नेकपाले मात्र गर्छ : बलावती शर्मा

केन्द्रबिन्दु
45
Shares

बागलुङ । बागलुङमा राष्ट्रिय जनमोर्चा र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच चुनावी गठबन्धन भएपछि दुवै दलका नेता तथा कार्यकर्ता उम्मेदवारलाई जिताउन घरदैलो अभियानमा सक्रिय बनेका छन्।

गठबन्धनअनुसार बागलुङ क्षेत्र नम्बर १ मा राष्ट्रिय जनमोर्चाबाट कृष्ण अधिकारी र क्षेत्र नम्बर २ मा नेकपाबाट ज्ञामनाथ गैरे ‘अनिल’ प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका छन्।

यसैक्रममा बागलुङ क्षेत्र नम्बर १ अन्तर्गत बागलुङ नगरपालिकाको संयुक्त बैठक सम्पन्न भएको छ । बैठकमा नेकपाकी नेतृ वलावती शर्माले यसपटकको निर्वाचन अस्तित्वको लडाइँ भएको बताउँदै मतदातालाई ढुक्क भएर चरा चिन्हमा मतदान गर्न आग्रह गरिन्। बागलुङबाट समानुपातिक उम्मेदवारसमेत रहेकी शर्माले देशको विकास र परिवर्तनको जिम्मा जनताको पार्टी नेकपाले मात्र लिन सक्ने दाबी गरिन्।

बैठकमा बोल्दै क्षेत्र नम्बर १ का उम्मेदवार कृष्ण अधिकारीले गठबन्धन जनताको पक्षमा भएको बताए।
“यो गठबन्धन पदका लागि होइन, बागलुङको विकास र जनताको हकका लागि हो,” उनले भने, “जनताको भरोसा कहिल्यै टुट्न नदिने गरी काम गर्छु।”

त्यसैगरी क्षेत्र नम्बर २ का उम्मेदवार ज्ञामनाथ गैरे ‘अनिल’ले विकास, सुशासन र जनजीविकालाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। “अब भाषण होइन, काम गरेर देखाउने समय आएको छ,” उनले भने, “जनताको पक्षमा दृढ भएर उभिने प्रतिनिधि चाहिएको छ।”

बैठकले गिलास चिन्हमा मतदान गरी कृष्ण अधिकारीलाई र तारा चिन्हमा मतदान गरी ज्ञामनाथ गैरेलाई विजयी गराउन सबै आ–आफ्नो ठाउँबाट सक्रिय रूपमा लाग्ने निर्णय गरेको छ । बैठकको अन्त्यमा सहभागी सबैप्रति धन्यवाद व्यक्त गरिएको थियो।

Skip This
Skip This
Logo