प्रतिनिधिसभा मतपत्रको नमुना सार्वजनिक,सबैभन्दा ठूलो धनुषा–३ र सवैभन्दा सानो मनाङको

प्रतिनिधिसभा मतपत्रको नमुना सार्वजनिक,सबैभन्दा ठूलो धनुषा–३ र सवैभन्दा सानो मनाङको

केन्द्रबिन्दु
45
Shares

काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको वास्तविक मतपत्रको नमुना सार्वजनिक गरेको छ ।

अहिलेसम्म १६५ मध्ये ५६ निर्वाचन क्षेत्रको मतपत्रको नमुना सार्वजनिक गरिएको आयोगले जनाएको छ । बाँकी क्षेत्रको नमुना क्रमशः सार्वजनिक गरिनेछ ।

सबैभन्दा ठूलो मतपत्र धनुषा–३ को हुनेछ, जहाँ ४५ उम्मेदवारले मनोनयन दर्ता गरेका छन्। सबैभन्दा सानो मतपत्र मनाङको छ, जहाँ तीन उम्मेदवार छन्।

एक निर्वाचन क्षेत्र भएका जिल्लाहरूको एक प्रकारको, र बहु क्षेत्र भएका जिल्लाहरूको अर्को प्रकारको मतपत्रको नमुना पनि सार्वजनिक गरिएको छ ।

कर्णाली प्रदेशका सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट र रुकुम पश्चिममा एक–एक क्षेत्र, दैलेख र सुर्खेतमा दुई–दुई क्षेत्र छन्। सुदूरपश्चिम प्रदेशका बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेल्धुरामा एक–एक, अछाममा दुई, कञ्चनपुरमा तीन र कैलालीमा पाँच निर्वाचन क्षेत्र छन्।

जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइ भइरहेको छ। प्रतिनिधिसभा निर्वाचनका लागि हाल ११४ दल निर्वाचन आयोगमा दर्ता भएका छन्।

Logo