पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक

केन्द्रबिन्दु
33
Shares

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ । उनका बुवा भोजप्रसाद भट्टराईको ९७ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको हो।

भट्टराईको सचिवालयका अनुसार केही दिनयता जटिल स्वास्थ्य अवस्थाका कारण उनी बाँसबारीस्थित न्युरो हस्पिटलमा उपचाररत थिए ।

स्वर्गीय भट्टराईको अन्त्येष्टि आजै बिहान ११ बजे पशुपति विद्युत् शवदाह गृहमा गरिने प्रलोपा नेता जन्मदेव जैसीले जानकारी दिएका छन् ।

Logo