उदयपुर । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहले स्वदेशी उद्योगहरू देशको आर्थिक मेरुदण्ड भएको बताएका छन् ।
निर्वाचन प्रचारप्रसारका लागि देश दाैडाहामा रहेका बालेनले उदयपुरको जलजलेस्थित सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगको स्थलगत अवलोकन गर्दै यस्तो बताएका हुन् ।
उनले लेखेका छन्, “उद्योगहरू देशको मेरुदण्ड हुन्। उद्योगहरूको विकासले देशमा रोजगारीको अवसर सिर्जना गर्ने, राष्ट्रिय आय बढाउन सहयोग गर्ने साथै देशको आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका खेल्छ। उदयपुर सिमेन्ट जस्तो उद्योगलाई राज्यले संरक्षण तथा प्रवर्द्धन गर्नुपर्छ।”





























प्रतिक्रिया