विकासका एजेन्डामा जनसंवाद गर्दै विहादीका बस्ती–बस्तीमा : तिमिल्सिना

विकासका एजेन्डामा जनसंवाद गर्दै विहादीका बस्ती–बस्तीमा : तिमिल्सिना

केन्द्रबिन्दु
18
Shares

पर्वत। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्वतमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारले चुनावी अभियान तीव्र पारेका छन् ।अभियानअन्तर्गत बिहादी गाउँपालिका–५ उरामसहितका विभिन्न बस्तीमा जनसंवाद तथा घरदैलो कार्यक्रम सञ्चालन गरिएको छ ।

अभियानका क्रममा उम्मेदवारले स्थानीय नागरिकसँग प्रत्यक्ष भेटघाट गर्दै विकासका आवश्यकता, समस्या र अपेक्षाबारे सुझाव संकलन गरेका छन् । विशेषगरी विहादी क्षेत्रको समग्र विकास, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य र सडक सुधारका विषयमा स्थानीयले चासो व्यक्त गरेका छन् ।

उम्मेदवारले स्थानीय आवश्यकतासँग मेल खाने योजना, समावेशी विकास र दिगो पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन् । विगतमा सार्वजनिक पदमा नरहे पनि शिक्षा, स्वास्थ्य, सडक र सामाजिक एकताका क्षेत्रमा सदैव पहल गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा स्थानीय सहभागितासहित विकासका काम अघि बढाइने बताएका छन् ।

घरदैलो अभियानका क्रममा स्थानीयबाट सकारात्मक प्रतिक्रिया र सुझाव प्राप्त भएको जनाउँदै उम्मेदवारले समयको सीमाका कारण सबै बस्तीमा पुग्न नसकिएको भए पनि संकलित सुझावलाई गम्भीरतापूर्वक आत्मसात् गर्ने बताएका छन् ।

उनले जनआकांक्षालाई केन्द्रमा राखेर पारदर्शी, उत्तरदायी र परिणाममुखी काम गर्ने प्रतिबद्धता दोहो-याएका छन् ।

Logo