पर्यटन र पुर्वाधार विकास मार्फत मादीका सम्पदालाई समृद्धिमा बदल्नेछु : राजकाजी गुरुङ

पर्यटन र पुर्वाधार विकास मार्फत मादीका सम्पदालाई समृद्धिमा बदल्नेछु : राजकाजी गुरुङ

केन्द्रबिन्दु
15
Shares

काठमाडौं। कास्की प्रतिनिधिसभा क्षेत्र नम्बर–१ का नेकपा उम्मेदवार राजकाजी गुरुङले मादी गाउँपालिकाको विकासका लागि पर्यटन केन्द्रित योजना प्रस्तुत गरेका छन्।

जनकल्याण तमु समाजको कार्यक्रममा उनले भने, “मादी गुरुङ समुदायको ऐतिहासिक थलो हो र प्राकृतिक दृष्टिले सुन्दर छ। यसलाई पर्यटनसँग जोडेर पूर्वाधार निर्माण गरे समृद्धि ल्याउन सकिन्छ।” उनले स्थानियको आयआर्जन बढाउने र समृद्धि ल्याउने उद्देश्यका लागि आफूले पहिलो भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे। गुरुङले भने, “पर्यटन र पुर्वाधार मार्फत मादीका सम्पदालाई समृद्धिमा बदल्नेछु”।

गुरुङले विगतमा आर्थिक योजना कार्यान्वयन गरेको अनुभव स्मरण गर्दै भने, “म वर्षमान पुनको राजनीतिक सल्लाहकारको रूपमा हुँदा मादीमा ३५ करोड बराबरको योजना पारेर विकासमा भूमिका खेलेको थिएँ। अब चुनाव जितेँ भने ठोस काम गरेर स्थानियको अवस्था परिवर्तन गर्नेछु।”

आँफू सदैव जनताको सुखदुखमा रहेको भन्दै गरुुङले आफ्नो पहिलो प्राथामिकता जनताको जीवनस्तर उकास्नु र कास्की १ मा पुर्वाधार विकास सँगै स्वास्थ्य, शिक्षा,रोजगारको सिर्जना मार्फत युवाहरुलाई उद्दममा जोड्नु रहेको बताए।

कार्यक्रममा स्थानियले शैक्षिक पिछडापन, पूर्वाधार र रोजगारीका विषयमा गुनासो राखेका थिए। गुरुङले सुझाव संकलन गरेर योजनाबद्ध ढंगले काम गर्ने वचन दिएका छन्।

यसैबीच, कास्की–१ का नेकपा उम्मेदवारलाई जिताउन युवाहरूको एक भेलाले निर्वाचन परिचालन समिति गठन गरेको छ।

Skip This
Skip This
Logo